१३ कात्तिक, जाकार्ता । साउदी अरवस्थित मुसलमानको पवित्र तीर्थ मक्कामा हज गर्न गत सेप्टेम्बर २१ का दिन पुगेका तीर्थयात्रीहरू मध्ये १२० इन्डोनेसियालीहरूको मृत्यु भएको छ ।
अन्य २२ जना पनि बिरामी भइ उपचार गराइरहेका छन् । इन्डोनेसियाली तीर्थ यात्रीलाई पवित्र सहर मिनामा रहेको इन्डोनेसियन हज क्लिनिक -बिपीएचआई) मा उपचार गराउन तोकिएको थियो ।
मृतक तीर्थयात्रीहरू उच्च रक्तचाप र मधुमेहबाट ग्रस्त भएको पाइएको समाचारमा उल्लेख छ । बिपीएचआइका प्रमुख इल्यासले टिप्पणी गरे अनुसार इन्डोनेसिया र तीर्थस्थलको मौसमबीच चरम भिन्नताका कारण त्यहाँको मौसम तथा जलवायु वातावरण शरिरले खप्न नसकेका कारण उनीहरूको मृत्यु भएको बताउनु भएको छ । बिरामीहरूको पनि उपचार गर्न पनि निकै कठिन भएको उहाँले बताउनुभयो ।
इन्डोनेसियाली हज तीर्थयात्री समितिका स्वास्थ्य प्रमुख हकिम सेप्टा एकानीताले तीर्थयात्रीहरू थकित भएका कारण शरिरमा पानीको मात्रामा एक्कासी कमी आएकाले त्यति ठूलो सङ्ख्यामा बिरामी भई मृत्यु भएको बताइएको छ । इन्डोनेसियाबाट प्रत्येक वर्ष हज गर्न मक्का जान चाहाने तीर्थयात्रीहरूको सङ्ख्या बढ्दै गएको र लामो समयसम्म प्रतिक्षासुचीमा कुर्ने गरेका बताइएको छ । रासस/सिन्हृवा


No comments:
Post a Comment