Headlines News :
Home » » संविधानसभा पुनःस्थापना असम्भवः पोख्रेल

संविधानसभा पुनःस्थापना असम्भवः पोख्रेल

Written By Unknown on Sunday, October 28, 2012 | 1:13 AM


दाङ, कार्तिक १२ - एमालेका सचिव शंकर पोख्रेलले संविधानसभा पुनःस्थापना असम्भव भएको बताएका छन् । प्रेस चौतारी दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोख्रेलले आयु नै समाप्त भइसकेको संविधानसभा पुनःस्थापना गर्न सकिने कुनै पनि कानुनी बाटो नभएको बताए ।
शेरबहादुर देउवाको पालामा अल्पायुमै संसद् विघटन गरेकाले पुनःस्थापना सम्भव भएको उल्लेख गर्दै सचिव पोख्रेलले संविधानसभाको त आयु नै समाप्त भएकाले पुनःस्थापनाको उपाय नभएको धारणा राखे । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार रहेको सर्वोच्च अदालतले समेत संविधानसभाको समय सकिएको व्याख्या गरिसकेकाले अब पुनःस्थापना गर्ने कुनै आधार नरहेको उनले बताए ।
संविधानसभा पुनःस्थापनाको कुरा जनता भुलाउने उपाय मात्रै भएको उल्लेख गर्दै पोख्रेलले अबको निकास ताजा जनादेश भएको उल्लेख गरे । राजनीतिक दलहरूबीच सहमति कायम गरी निर्वाचनमा जानु नै उपयुक्त विकल्प हुने पोख्रेलले बताए । एकीकृत माओवादी सहमतिका लागि तयार नभए मोहन वैद्य नेतृत्वको माओवादीसँग सहकार्य गरेर भए पनि आन्दोलन गर्ने धारणा पोख्रेलले राखे ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved