बुटवल। उमेरले १६ वर्ष मात्र पुगेकी डीजे मैच्याङ (दीपिका केसी) ले शुक्रबार साँझ बुटवलका डान्स पारखीहरूलाई आफ्नो प्रस्तुतिमार्फत पर्याप्त मनोरन्जन प्रदान गरिन्। बुटवलमा पहिलो पटक डिजेइङ गर्न आएकी मैच्याङले स्थानीय कान्ति सभा हलमा कमर्सियल हाउस र डर्टी डच संगीत तथा हिन्दी र नेपाली रिमिक्स गीतहरू बजाएर सहभागीहरूलाई करिब तीन घण्टा लगातार नचाइन्। सहभागीहरूको रुचि अनुसारका मन पर्ने संगीत प्रस्तुत गरेकी मैच्याङलाई सुरुदेखि अन्तिमसम्म साथ दिएका सहभागीहरूले पार्टीको अन्त्य गर्न लाग्दा वान्समोरको लामो हुटिङ गरेर केही बेर रोकेका थिए। पार्टीमा स्थानीय डीजे भी रक तथा डिजे निरलले पनि हिन्दी रिमिक्स अप र हाउस रिमिक्स संगीत बजाएर सहभागीहरूलाई नचाएका थिए। मोन्स्टर्स गाइज बुटवलको आयोजनामा सम्पन्न 'नियोन' शीर्षकको डान्सपार्टीमा करिब ५ सय जना युवायुवती सहभागी रहेको आयोजक उज्ज्वल आचार्यले बताए।
Home »
Entertainment
» डिजे मैच्याङले नचाइन्
डिजे मैच्याङले नचाइन्
Written By Unknown on Saturday, October 27, 2012 | 2:05 PM
Labels:
Entertainment



No comments:
Post a Comment