Headlines News :
Home » » सुष्माको आइटम

सुष्माको आइटम

Written By Unknown on Saturday, October 27, 2012 | 2:07 PM

नायिका सुष्मा कार्की अचेल चलचित्रमा भन्दा स्टेज कार्यक्रममा बढी व्यस्त हुन थालेकी छिन्। दसैं लागेपछि त उनलाई  शुभकामना साँझ कार्यक्रममा आईटम डान्स गर्ने निम्तो आएका आयै छन्। यसै साता उनले लाजिम्पाटस्थित नियोन प्यालेसमा सम्पन्न  विजयादशमी तथा दीपावली साँझमा आफ्नो उत्तेजक आइटम डान्स प्रस्तुत गरिन्। नेपाली कलाकारहरूलाई दसैं तथा दीपावलीको शुभकामना  दिने उद्देश्यले आयोजित कार्यक्रममा सुष्माले आधा दर्जन गीतमा कम्मर मर्काएकी थिइन्। नृत्य गर्ने क्रममा सुष्माले उध्रेको चोली...गीतबाट  वान्स मोरसमेत पाइन्। कार्यक्रममा महादेव त्रिपाठीको नृत्यसहितको जादु, जोगिन्दर पानवाला अर्थात् शिवशंकर रिजालको हास्यव्यंग्य प्रस्तुतिले  पनि दर्शकको मन जितेको थियो। उक्त अवसरमा सुष्मा कार्की, सोभित बस्नेत, सलोन बस्नेत, शिवशंकर रिजाल, महादेव त्रिपाठी, सुनिल  मानन्धर, सरोज खड्गी आदिलाई सम्मानसमेत गरिएको थियो।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved