डान्स पार्टीका पारखीहरूले शनिबार भैरहवामा बेग्लै आनन्द लिने अवसर पाए। होटल नान्सको स्वीमिङ पुलमा सांझपख सुरु भएको 'पुल पार्टी' मा भैरहवा र बुटवलका युवा जोडीहरू ग्ल्यामरस पहिरनमा थरीथरी संगीतको तालमा राति अबेरसम्म नाचेर मस्ती गरे। सहभागीहरूलाई डीजे कांडा,डीजे स्यान्डी तथा अमितले नेपाली, हिन्दी एवं अंग्रेजी रिमिक्स बजाएर नचाएका थिए। पार्टी वेयर र क्याजुअल पहिरनमा फेसन शो समेत गराइएको पार्टीमा ९ जना युवतीले स्वीमिङ पुलको किनारमा क्याटवाक गरेर वातावरणलाई थप तताएका थिए। संगीतको तालमा पौडिँदै नाच्दा पनि सहभागीहरूले चीसोको पर्वाह नै गरेनन्। 'पुल पार्टीमा नाच्नुको मज्जै बेग्लै पाएँ,' बुटवलबाट पार्टीमा पुगेका दीपक पौडेलले साप्ताहिकसँग भने। जक्सन डट कम बुटवलको आयोजनामा सम्पन्न पार्टीमा २ सयभन्दा बढी सहभागी भएको आयो जक जीवन रानाले बताए।
Home »
Entertainment
» स्वीमिङ पुलमा डान्स पार्टी
स्वीमिङ पुलमा डान्स पार्टी
Written By Unknown on Saturday, October 27, 2012 | 2:00 PM
Labels:
Entertainment



No comments:
Post a Comment