Headlines News :
Home » » गोविन्द मैनाली पूर्णत निर्दोष रहेको सरकारी वकिलको प्रतिबेदन

गोविन्द मैनाली पूर्णत निर्दोष रहेको सरकारी वकिलको प्रतिबेदन

Written By Unknown on Monday, October 29, 2012 | 1:40 AM


१३ कात्तिक, टोक्यो । एक जापानी महिलाको हत्या अभियोगमा १५ बर्षसम्म जापानमा जेल जीवन बिताएका नेपाली नागरिक गोविन्दप्रसाद मैनाली निर्दोष रहेको भन्दै त्यहाँको सरकारी वकिलले प्रतिबेदन दिएको छ ।
टोक्यो उच्च अदालतमा आज भएको सुनुवाईमा सरकारी वकिलले मैनाली निर्दोष रहेको प्रतिबेदन ८ सदस्यीय इजलासमा पेश गरेका छन् । मैनाली निर्दोष रहेकाले मुद्दा फिर्ता लिनसमेत सरकारी वकिलले अदालतसमक्ष निबेदन दिएका छन् ।
सरकारी वकिलको यो प्रतिबेदनपछि अनाहकमा जेल जीवन बिताउन बाध्य मैनालीले मुद्दा जित्ने पक्का भएको छ । आगामी नोभेम्बर ७ तारिखमा तोकिएको इजलासमा अन्तिम सुनुवाई हुने छ ।
यसअघि मैनाली दोषी रहेको भन्दै पुनरावेदन गर्ने सरकारी वकिलले नै उनी निर्दोष रहेको प्रतिबेदन इजलाससमक्ष पेश गरेपछि मुद्दा जित्ने पक्का भएको हो । अदालतको आदेश बमोजिम रिहा भएपछि मैनाली केही महिनाअघि नेपाल फर्किएका छन् ।
फैसलापछि मैनालीको क्षतिपूर्तिको प्रकृया सुरु हुने छ । यथेष्ट छानविन र प्रमाणबिनै उनलाई १५ बर्षसम्म कैद गर्दा जापानको न्याय प्रणालीमै दाग लागेको टिप्पणी हुन थालेको छ । दोस्रो बिश्वयुद्धपछि बन्दी निर्दोष सावित भएको यो आठौं घटना हो ।
पहिले टोक्यो उच्च अदालतले नै उनलाई दोषी प्रमाणि गरेको भएपनि घटनास्थलमा भेटिएका नमुनाको डीएनए परिक्षण गरेपछि घटनामा मैनालीको नभई अरुकै संलग्नता भएको पुष्टी भएको हो ।
टोक्यो इलेक्ट्रोनिक पावर कम्पनीमा काम गर्ने यौनकर्मी वातानावेको हत्या कसले गरेको थियो भन्ने झन रहस्मय भएको छ । वास्तविक हत्याराको खोजीमा प्रहरी बल्ल जुटेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved