Headlines News :
Home » » मदिराको लतमा दक्षिण अफ्रिकी लंगुर

मदिराको लतमा दक्षिण अफ्रिकी लंगुर

Written By Unknown on Monday, October 29, 2012 | 2:13 AM


केपटाउन (एजेन्सीहरू), कार्तिक १३ -  
जनसंख्याको हिसाबले दक्षिण अफ्रिकाको दोस्रो सबभन्दा ठूलो सहर केपटाउनमा लंगुर उल्लेखीय संख्यामा पाइन्छ । उनीहरू आवासीय क्षेत्रमा भोजन खोज्दै पुग्छन् । यसपछि संरक्षित प्रजातिको लंगुर र मानवबीच झगडा सुरु हुन्छ । त्यहाँ लंगुर धपाउन प्रयोग गरिने गोलीको आवाज सुन्दा युद्ध चलिरहेको अनुभूति हुन्छ । 
'आवासीय क्षेत्रमा उनीहरूको आवागमनलाई रोक्नु हाम्रो काम हो,' फिल्ड रेन्जर फियानी मेयो भन्छन् । दिनभरि देखभालमा खटिने हुनाले उनले लंगुरहरूलाई राम्ररी चिनेका छन् । उनले केहीलाई नाम समेत दिएका छन् । शरीरमा जडान गरिएको विशेष संयन्त्रबाट उनीहरूको ठेगाना र गतिविधि थाहा हुने गर्छ । स्थानीयबासीको टाउको दुखाइ बन्न नदिन उनीहरूलाई भगाइने गरेको उनी बताउँछन् । मानवलाई  बचाउने र लंगुरलाई क्षति हुन नदिने दोहोरो भूमिका निभाउनुपरेको उनको अनुभव छ । 
जनसंख्यासँगै सहरी क्षेत्रको विस्तार हुँदा ती हाँस्ने खेल्ने जन्तुको आवास क्षेत्र साँघुरिएको छ । परिणाम स्वरूप दुष्ट, अहंकारी र निःस्वार्थी मानवसँग डराउँदै आएको लंगुर उनीहरूको नजिक हुन पुग्यो । ती जन्तुले आहारको खोजमा खानपिन स्थलमा आक्रमण गर्न थालेको छ । पेटको भोकले उनीहरूलाई आक्रामक समेत बनाएको छ । पर्यटकले यो समस्यालाई झनै बढाएको अर्का एक रेन्जर मार्क डाफेल्स बताउँछन् । 'पर्यटकले भोको ठानेर उनीहरूलाई खाने सामग्री दिएर जान्छन्, यसले उनीहरू मानवको नजिक हुन पुग्छन्, यो ठीक होइन,' उनी भन्छन् । 
उनीहरूको सहरी क्षेत्रमा आवागमनमा मानवका लागि खतरा हो । साथै स्वयं लंगुरका लागि पनि यो सुरक्षित होइन । 'सहरमा स्वास्थ्यलाई अहित हुने सामग्री उनीहरूले खान्छन्, रक्सीको बाक्स उठाएर लग्छन, पुराको पूरा पिउँछन्,' रेञ्जर फिलानी भन्छन्, 'पिएर मस्त हुन्छन्, हिँडडुल पनि गर्न सक्दैनन्, अरूले विश्वास नगर्ने यो दृश्यको धेरै पटक सामना गर्नुपरेको छ ।' वन्यजन्तु व्यवहारको विशेषज्ञ फिलिप रिचर्डसनले यी संरक्षित जीवलाई सहरबाट टाढा राख्ने अभियानको नेतृत्व गरिरहेका छन् । रेञ्जरले प्रयोग गर्ने तरिकाले लंगुरलाई आफ्नो प्राकृतिक बासस्थ्ाानबारे बुझ्न सहयोग मिल्ने उनी बताउँछन् ।
'भगाउनलाई विशेष खालको वातावरण उत्पन्न गर्छौं, डराएर भाग्नुपर्ने सामग्रीको उनीहरूलाई चिनाउँछौं,' उनी भन्छन्, 'उदाहरणको रूपमा उनीहरूले कुनै कागत उठाउँदा गोली चलाउँछौं, यो प्रक्रियालाई दोहोर्‍याउँदा उनीहरूमा यसो गर्दा गोली चल्ने गरेको अनुभूति हुन्छ, यो ठाउँ गलत हो भन्दै उसले त्यो कार्य बन्द गर्न सक्छ ।' 
दक्षिण अपि|mकाको कानुन अनुरूप लंगुरलाई मार्न पाइन्न । मानवका लागि आक्रामक भएको अवस्थामा बाध्य भएर प्रशासनको अनुमतिले कहिलेकाहीं उनीहरूलाई मार्नुपर्छ । मानवप्रति उनीहरूको मनमा बसेको प्राकृतिक डरलाई पुनस्र्थापित गर्ने कार्यमा वन कर्मचारी र विशेषज्ञलाई सफलता मिलोस्, जसले गर्दा यो चुलबुले जन्तुलाई मार्नु नपरोस् ।  
मानव वस्ति बढ्दै गएपछि हुने गरेको विभिन्न घटनामा वर्षेनी सयौंको संख्यामा उनीहरूको ज्यान जाने गरेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved