Headlines News :
Home » » १३ हजार पूर्व लडाकूले दोस्रो किस्ताको रकम पाउँदै

१३ हजार पूर्व लडाकूले दोस्रो किस्ताको रकम पाउँदै

Written By Unknown on Monday, October 29, 2012 | 1:24 AM


१३ कात्तिक, काठमाण्डौ । स्वेच्छिक अवकाश रोजेका पूर्व लडाकूलाई सरकारले दोस्रो किस्ताको रकम बितरण गर्दैछ ।
बिशेष समिति सचिवालयले आगामी बुधबारदेखि रकम बितरण सुरु गर्ने जनाएको छ । पहिले सातवटा मुख्य शिविर रहेका जिल्लामा मंगलबारसम्म कार्यालय स्थापना गरि १३ हजार ९ सय २२ पूर्व लडाकूलाई चेक बितरण गरिने सचिवालयले जनाएको छ ।
सचिवालय सदस्य दीपकप्रकाश भट्टका अनुसार झापा, सिन्धुली, चितवन, नवलपरासी, दाङ, सुर्खेत र कैलाली जिल्ला प्रकाशन कार्यालयमा रकम वितरण डेस्क स्थापना गरिने छ । दश दिनभित्र सवै पूर्व लडाकूलाई रकम बितरण गरिने लक्ष्य राखिएको छ ।
अघिल्लो बर्षको पुर्नबर्गिकरणमा स्वेच्छिक अबकाश रोजेका पूर्व लडाकूले पाउने ५ देखि ८ लाखसम्म एकमुष्ठ रकम दिने प्रस्ताव गरिएको थियो । पहिलो किस्ताको रकम शिविरबाट बाहिरिने बेलामा लिएका लडाकूले अन्तिम किस्ता अब पाउने छन् ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved