Headlines News :
Home » » डाक्टरको लापरबाहीले एक महिलाको मृत्यु

डाक्टरको लापरबाहीले एक महिलाको मृत्यु

Written By Unknown on Monday, October 29, 2012 | 2:35 AM

बरुण पनेरु, डडेल्धुरा, कात्तिक १३- मुखमा अथरीया जातको काडा विजेपछि काडा निकाल्न अप्रेसन गर्दा डोटी जिल्लाकी एक महिलाको टिम अस्पतालमा मृत्यु भएको छ। डोटी जिल्ला गिरचौका गाविस खतेडाकी वर्ष ३० की लक्ष्मी खडायतको डाक्टरको लापरबाहीले मृत्यु भएको टिम अस्पतालले जनाएको छ। 
टिम अस्पताल स्रोतका अनुसार आइतबार राति अप्रेशन गर्दा पिप श्वासनलीबाट फोक्सोमा गएपछि महिलाको मृत्यु भए जनाए पनि उनका आफन्तले भने डाकटरको लापरबाहीका कारण मुत्यु भएको दाबी गरेका छन।
अप्रेशन गर्न शु्क्रबार टिम अस्पतालमा भर्ना गरे पनि आइतबारमात्रै अप्रेशन भएको थियो। अप्रेशन सर्जन डा. मृलनीले गरेको टिम अस्पतालले जनाएको छ। सुपका पहाडी जिल्लाकै एक सुविधा सम्पन्न टिम अस्पताल अहिले डाक्टरको लापरबाहीका कारण दिनप्रति बिरामीले ज्यान गुमाउनु परेको छ। बिरामीको मृत्यु भएपछि आफन्तले शव उठाउन मानेका छैनन्। शव अप्रेसन कोठामै राखिएको छ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved