Headlines News :
Home » » करिब ७ अर्बको गलैंचा निर्यात

करिब ७ अर्बको गलैंचा निर्यात

Written By Unknown on Monday, October 29, 2012 | 2:07 AM


काठमाडौ, कार्तिक १३ -  
डलरको मूल्य वृद्धिले गलैंचा निर्यातमा सुधार देखिएको छ । आर्थिक वर्ष २०६८/६९ मा ६ अर्ब ९३ करोड ८० लाख रुपैयाँको निर्यात भएको हो । राष्ट्र बैंकका अनुसार यो वृद्धि ४२ दशमलव ७ प्रतिशत हो । २०६७/६८ मा ४ अर्ब ८६ करोड ४ लाखको निर्यात भएको थियो । २०६६/६८मा ४ अर्ब ७ करोड ८७ लाखको निर्यात भएको थियो । 
स्वदेशी उत्पादित गलैंचा मुख्यतः जर्मनी र अमेरिका निर्यात हुन्छ । यस अतिरिक्त प|mान्स, इटाली, टर्की, बेल्जियम, अष्ट्रेलिया, नेदरल्यान्ड लगायत मुलुक पनि मुख्य बजार हुन् । 
डलरको मूल्य बढ्नाले निर्यातमा वृद्धि देखिएको केन्द्रीय गलंैचा उद्योग संघका एक अधिकारीले बताए । उनले गलंैचाको निर्यात बढेको देखिए पनि मुनाफा नभएको बताए । 
स्वदेशमा पनि फाट्टफुट्ट बिक्री हुन्छ । स्वदेशमा केही सस्तो मूल्यमा गलंैचा बेच्ने गरेको व्यवसायीहरू बताउँछन् । महँगीका कारण गलैंचाको मूल्य बढेकाले निर्यातमा सुधार देखिए पनि संख्यात्मक रूपमा खासै वृद्धि नभएको गण्डकी कार्पेटका सञ्चालक राम गुरुङले बताए । ३ वर्षअघि वाषिर्क ४ करोडको निर्यात गरेकोमा उनले गत वर्ष ६ करोड रुपैयाँको निर्यात गरेको बताए । लागत पनि डेढ गुणा बढेको उनको भनाइ छ । 
उनले अडर अनुसार वाषिर्क ३० हजार मिटरसम्म गलैंचा उत्पादन गर्ने गरेका छन् । उनको फ्याक्ट्रीमा १५ जनाले रोगजारी पाएका छन् ।
साइज अनुसार एउटा गलैंचा बनाउन सामान्यतः १५ दिनदेखि डेढ महिनासम्म लाग्छ । भारत तथा चीनमा बनेका गलंैचा सस्तो पर्ने भएकाले ती मुलुकसँग प्रतिस्प्रधा गर्न समस्यामा परेको व्यवसायीको भनाइ छ । 'चिनियाँ कार्पेट बजारमा सस्तो पर्छ । सस्तोमा पाउँदा ग्राहकहरू उतैका गलैंचा किन्छन्,' गुरुङले भने । यस बाहेक यो उद्योगमा दक्ष जनशक्तिको मुख्य समस्या रहेको उनको भनाइ छ । 
गलंैचा उद्योगबाट धेरैले रोजगारी पाएकाले दक्ष कामदार उत्पादनका लागि सरकारले नयाँ योजना ल्याउनुपर्ने, तालिमको व्यवस्था गर्नुपर्ने व्यवसायीहरू बताउँछन् । सरकारले तोकेअनुसार कामदारको मासिक न्यूनतम तलब ४ हजार ६ सयदेखि ७ हजार रुपैयाँ सम्म छ । तर गलैंचा बुन्ने कामदारले  गलैंचा बुनेको मिटरको आधारमा पारिश्रमिक पाउने ग्ार्छन् । यो व्यवसायबाट लगभग ८० हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved