Headlines News :
Home » » प्रिय‌ंका एल्बम प्रमोसनमा व्यस्त

प्रिय‌ंका एल्बम प्रमोसनमा व्यस्त

Written By Unknown on Monday, October 29, 2012 | 2:08 AM


मुम्बई (एजेन्सी), कार्तिक १३ - सन् २००० की मिस वर्ल्ड भएपछि प्रियंका चोपडा ग्ल्यामर र फेसनको दुनियाँमा चर्चाको शिखरमा पुगिन् । मोडलिङ गर्दागर्दै फिल्ममा समेत हात हालेकी प्रियंका छोटो समयमै व्यस्त नायिका बनिन् । एउटा राष्ट्रिय अवार्ड र चारोटा फिल्म फेयर अवार्ड हात पारिसकेकी उनले पछिल्लो फिल्म ‘बर्फी’ मा बोल्न नसक्ने युवतीको चरित्रमा गरेको अभिनयको राम्रै तारिफ पनि पाइन् ।
३० वर्षको उमेरमै फरकफरक क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरिसकेकी प्रियंकाले यस पटक भने आफूलाई गायिकाको रूपमा पेस गरेकी छन् । हालै उनी आफ्नो डेब्यु एल्बम ‘इन माई सिटी’ लिएर श्रोतामाझ आएकी छन् । उक्त एल्बममा फिचरिङका लागि उनलाई विलियम जेम्स एडमले पनि साथ दिएका छन् ।
प्रियंकाले यसअघि फिल्म निर्माताका गायन प्रस्ताव लाजकै कारण अस्वीकार गर्ने गरेकी थिइन् । यद्यपि उनले ‘ब्लफमास्टर’ का लागि एउटा गीतलाई विशाल र शेखरसँगै रेकर्ड पनि गराएकी थिइन्, तर पछि फिल्ममा प्रयोगै नगरिएपछि त्यसको चर्चै भएन । आफ्नो खुबीमा विश्वस्त हुन नसकेकी उनले अन्ततः सुटुक्क एल्बम निकालिन् । अहिले प्रमोसनमा जोडतोडले लागेकी छन् ।
भारतदेखि अमेरिकाका थुप्रै सहरमा बाल्यकाल बिताएकी प्रियंकाले ‘इन माई सिटी’ का गीत पनि आफूले एउटा सहर मात्रै सोचेर नलेखेकाले गीत सबैका लागि हुने जिकिर गरेकी छन् । पप शैलीका गीत रहेको उक्त एल्बमको प्रचारका लागि यति बेला उनी विभिन्न क्लबमा पार्टी समेत गरिरहेकी छन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved