वर्षमा एक पटक दसैं कार्यक्रम गरेर रमाइलो गर्दै आएका मोरङ कारागारका कैदीबन्दीले यस पटक पनि नाचगान गरेर बडादसैंको स्वागत गरेका छन्। पुरुष कारागारका छ सय कैदीबन्दी एकै ठाउँ भेला भएका थिए। गायक प्रकाश ओझा उनीहरूलाई गीत सुनाउन जेल भित्र प्रवेश गर्नेबित्तिकै कैदीबन्दीले उनको स्वागत गरेका थिए।
कारागारको आन्तरिक प्रशासनले गरेको सांगीतिक कार्यक्रममा केही वर्षअघि सोही जेलमा बसेर निस्किएका गायक ओझाले उक्त कारागारमा बस्दा रचेका गीतहरू सुनाए। पुरुष कारागारमा गीत सुनाएपछि ओझाले महिला कारागारमा प्रवेश गरेर महिला कैदीबन्दीलाई नचाएका थिए। कार्यक्रममा डोको नाम्लो सांगीतिक समुहले गीत तथा नृत्यहरू प्रस्तुत गरेको थियो। भारत कोलकाताका महिला कलाकारहरूको कामुक नृत्यको स्वागत गर्दै कैदीबन्दीले स्टेजमा नोट उडाएका थिए।
रीता प्रधान, रबिन श्रेष्ठ अरविन्द यादव र निरन्जन श्रेष्ठले नेपाली तथा हिन्दी गीत सुनाएको कार्यक्रममा गजल समूहका राजु प्रधान, छोटु राउत, गणित राउत तथा अमित राईले कैदीबन्दीका फर्माइसी गीतहरू प्रस्तुत गरे। महिला कारागारमा भने कैदीबन्दी महिलाहरूले नै नृत्य देखाए। दसैंकै अवसरमा कैदीबन्दीहरूबीच विभिन्न खेल प्रतियोगिता पनि गराइएको थियो।



No comments:
Post a Comment