Headlines News :
Home » » क्यासिनो जुवा खेलिरहेका दस नेपाली पक्राउ

क्यासिनो जुवा खेलिरहेका दस नेपाली पक्राउ

Written By Unknown on Sunday, October 28, 2012 | 10:55 AM


१२ कात्तिक, काठमाडौँ । प्रहरीले दरवार मार्गको रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित १० जना नेपालीलाई शनिबार राति पक्राउ गरेको छ ।
गैरकानुनीरूपमा नेपाली नागरिकहरू प्रवेश गरी जुवा खेल्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा परिचालित प्रहरी टोलीले चेकजाँच तथा छापा मार्ने क्रममा जुवा खेलिरहेको अवस्थामा ती व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सो क्रममा जुवा खेल्न प्रयोग हुने क्यासिनो रोयल लेखिएको एक हजार दरको क्वाइन १८ वटा, १०० दरको क्वाइन १७ वटा र नगद रु २१ हजार ८९३ सहित १० जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताइएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved