Headlines News :
Home » » बालिका बलात्कार गर्ने भारतीय युवक रङ्गेहात पक्राउ

बालिका बलात्कार गर्ने भारतीय युवक रङ्गेहात पक्राउ

Written By Unknown on Sunday, October 28, 2012 | 10:54 AM


१२ कात्तिक, गोलबजार (सिरहा), । सिरहाको सीमावर्ती गाविस इटाटार-९ कमलपुरस्थित खेतमा आज बिहान बालिकालाई बलात्कार गर्ने एक भारतीय युवकलाई सशस्त्र प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहारका महौलिया ग्रामपञ्चायत-५ बस्ने १९ वषर्ीय रामपुजन मण्डल छन् । भारत बिहारका महौलिया ग्रामपञ्चायतकै साह थर भएकी ११ वषर्ीया बालिकालाई बलात्कार गरिरहेको अवस्थामा मण्डल रङ्गेहात पक्राउ परेको हो ।
इटाटारका सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीले बलात्कार गरिरहेको अवस्थामा मण्डललाई पक्राउ गरी आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाएको बताउनुभयो । उहाँले भन्नुभयो- “बालिकालाई नियन्त्रणमा लिएर दुई युवकले सामूहिक बलात्कार गरिरहेका थिए । लखेटेर समात्न खोज्दा एकजना भागे पनि मण्डल पक्राउ पर्‍यो ।”
बलात्कृत बालिकालाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । सिरहाको इटाटार गाविसको कमलपुरस्थित मिलमा गहुँ पिसानी गरेर घर फर्किने क्रममा बालिकालाई मण्डल र फरार भएका अन्य एक व्यक्तिले बलात्कार गरेको प्रहरीको भनाइ छ ।
घटनास्थल सिरहाको इटाटार र भारतको महौलियाबीचमा पर्छ । भारतको महौलियामा कुटानी पिसानी गर्ने मिल नभएकाले त्यहाँका नागरिक इटाटार आउने गर्दछन् । रासस

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved