Headlines News :
Home » » जर्मनीका युवापिँढीको रुची सेक्समा भन्दा बढी सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इमेलमा

जर्मनीका युवापिँढीको रुची सेक्समा भन्दा बढी सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इमेलमा

Written By Unknown on Saturday, November 3, 2012 | 12:54 AM


जर्मनीको युवा पुस्ता सेक्समा भन्दा बढी समाजिक सञ्जाल फेसबुक र ट्विटरमा रमाउँन थालेको सार्वजनिक भएको छ ।
जर्मनीको एक पत्रिकामा प्रकाशित एक अनुसन्धानात्मक लेखले त्यहाँका युवाको रुची सेक्समा भन्दा बढी समाजिक सञ्जालमा रहेको सार्वजनिक गरेको हो । त्यहाँको एक मनोविज्ञानसम्बन्धी जर्नल ‘साइकोालोजिकल साइन्स’मा उल्लेख गरिए अनुसार त्यहाँका युवा सेक्समा भन्दा बढी सामाजिक सञ्जालमा रमाउँन थालेको सार्वजनिक गरेको हो ।
जर्मनीका विभिन्न स्कुल र क्याम्पसमा अध्ययनरत छात्रछात्रा गरी २ सय पाँच जनामा गरिएको अनुसन्धानबाट यस्तो तथ्य सार्वजनिक भएको हो । युवा पुस्ताको दैनिक रुची र इच्छाबारे गरिएका प्रश्नमा युवा पुस्ताले सेक्सलाई भन्दा बढी प्राथमिकता सामाजिक सञ्जाललाई दिएको अनुसन्धानले देखाएको छ ।
स्मार्टफोनको सहायताले गरिएको अनुसन्धानमा उनीहरुका दैनिक रुचि र इच्छाका बारे दैनिक सात पटकसम्म फोन गरेर प्रश्न गरिएको थियो । उक्त पत्रिकाबाट सार्वजनिक गरिएको शोधमा भनिएको छ ‘सेक्स गर्नुभन्दा फेसबुक अपडेट गर्नु वा इमेल चेक गर्नु बढी सजिलो हुनाले जर्मनका युवा पुस्ता यतातिर मोडिएका हुन् ।’
धेरैको रुचीको विषय भए पनि सेक्स तत्काल उपलब्ध हुन नसक्ने तर सामाजिक सञ्जालमा तत्काल कुनै पनि काम गर्न सकिने भएकाले युवा पुस्ता यो तर्फ आकर्षित भएको मानिएको छ । तर यो अनुसन्धाकै आधारमा सम्पूर्ण युवा पुस्ताले सेक्सलाई छोडेर सामाजिक सञ्जालमा रमाउँन सक्ने वातावरण बनी नसकेको सहज अनुमान गर्न सकिन्छ । अनुसन्धानमा संलग्न केहीका धारणाले समेत यस कुराको पुष्टि गर्न सक्छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved