दिपक पुडासैनी
दोहा, एक दर्जन चलचित्र निर्देशन गरिसकेका निर्देशक दिपक श्रेष्ठ यतिखेर कतारमा आएका छन । उनको पछिल्लो पटक रिलिज भएको चर्चित चलचित्र हिम्मत २ लिएर उनि कतार आएका हुन ।
दोहा सिनेमाहलमा आगामी शुक्रबार ९ नोभेम्बर २०१२ मा -बिहान ११ बजे र दिउसो २ बजे ) चलचित्र प्रदर्शन गरिने भएको छ । उक्त चलचित्र हुनको लागि टिकट दर भने कतारि रियाल २०, ३० र ५० राखिएको छ भने निर्देशक दिपक श्रेष्ठ स्वम आफै उक्त चलचित्र व्यवस्थापन देखि प्रचार प्रसारमा जुटेका छन । विदेशमा नेपाली चलचित्रको अवस्था र विदेशमा नेपालीहरुलाई हुने नेपाली चलचित्रको चाहाना स्पष्ट रुपमा बुझनका लागि आफै यसको प्रचार प्रसारमा लागेको निर्देशक दिपक श्रेष्ठको भनाई छ , हिम्मत २ राम्रो चलचित्र बनाएको र एकपल्ट कतारमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाईहरुलाई हेरिदिन आग्रह समेत गरेका छन । 
चलचित्रमा बिराज भट्ट, युना उप्रेती, बसुन्धरा भुषाल, दिनेश डिसी, सुनिल पोख्रेल लगायतको अभिनय रहेको छ । आलोक श्रीको संगित तथा दयाराम पाण्डेका शब्दहरु रहेका छन भने चलचित्रका गितहरुमा इन्डियन आइडल प्रसान्त तमाडले स्वर दिएका छन । इन्डियन आइडल भएपछि तमाडले हिम्मत २ चलचित्र मार्फ नेपाली गित गाउन सुरु गरेका थिए । संर्घषशिल नारीको जिबन कथामा आधारित उक्त चलचित्र निर्माणका कर्ममा ठुलो बिवादको भुमरिमा परेको थियो ।
हिम्मत नामक चलचित्र निर्माण गरिसकेकी नायिका रेखा थापाले हिम्मत आफ्नो भएको भन्दै बिबाद बढाएकी थिइन । रेखाले निर्माण गरेकी चलचित्र हिम्मतको निर्देशन पनि दिपक श्रेष्टले नै गरेका हुन ।



No comments:
Post a Comment