Headlines News :
Home » » मलिनाको कामुक नृत्य

मलिनाको कामुक नृत्य

Written By Unknown on Saturday, November 3, 2012 | 2:19 AM

मलिना जोशी अव पूर्वमिस नेपाल मात्र रहिनन्। जोशीले नवराज आचार्यले निर्देशन गरिरहेको चलचित्र 'कलिउड' को शीर्षगीतमा नृत्य गरेकी  छिन्। चलचित्रमा प्रदिप बास्तोलाको संगीतमा रिनाशा राईले कोरीयोग्राफी गरेको 'नशा हो यो कलिउड' गीतमा मलिनाको हट नृत्य हेर्न  सकिनेछ। चलचित्रको मुख्य भूमिकामा आर्यन सिग्देल, पि्रयंका कार्की, विष्णु कार्की र पायल थापा छन्। पूर्वमिस नेपाल जोशीले आफूले शीषर् गीतमा गरेको नृत्य खुबै रमाइलो भएको बताइन्। मलिनाले भनिन्, 'यो नृत्यलाई आइटम गीतका रूपमा नबुझ्न आग्रह गर्छु।' काठमाडौंको सो ल्टी क्राउन प्लाजामा छायांकन गरिएको उक्त गीतमा मलिनालाई सहाना बज्राचार्य, सुनिल थापा, सुशील क्षेत्री, यशराज गाराच, सुशिल नेपाल  तथा जितु नेपाल पनि देखिएका छन्। चलचित्र 'कलिउड' नेपाली चलचित्र उद्योगका विभिन्न क्रियाकलापमा केन्दि्रत छ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved