Headlines News :
Home » » जुम्ल्याहा वेश्याको संन्यास

जुम्ल्याहा वेश्याको संन्यास

Written By Unknown on Saturday, November 3, 2012 | 2:26 AM

नेदरल्यान्डका जुम्ल्याहा दिदीबहिनीले आफ्नो यौनपेसाबाट संन्यास लिएका छन्। उनीहरूले यो पेसामा अहिलेसम्म ३ लाख ५५ हजार पुरुषको  यौनको तिर्खा मेटाएको दाबी पनि गरेका छन्। ७० वर्षका लुइस र मार्टिन दिदीबहिनीले आफ्नो ५० वर्षे यौनपेसामा त्यति पुरुषका साथ ओछ्यान तताएका हुन्। उनीहरूको यो यथार्थलाई पर्दामा उतार्ने गरी गएको वर्ष एउटा डकुमेन्ट्री नै निर्माण भएको थियो।

उनीहरूलाई यो पेसा छाड्ने मन नभए पनि लुइसलाई स्वास्थ्यले साथ दिएन। बाथले सताएपछि उनले नगरबधुको यो पेसाबाट संन्यासको घो षणा गरिन्। दुवै जनाले २० वर्षको उमेरमै वेश्यावृत्ति सुरु गरेका थिए। परिवार चलाउन पैसाको खाँचो परेपछि लोग्नेको साथीको सल्लाहमा यो  क्षेत्रमा हात हालेको लुइस बताउँछिन्। उता तीन सन्तानकी आमा मार्टिन अहिलेसम्म पनि बूढो बैँस बेचिरहेकी छिन्। उनी अहिले पनि हप्तामा  दुई-तीन जना ग्राहकसँग सुत्न भ्याउँछिन् तर अब उमेरले साथ नदिने तथा ग्राहक पनि खासै नभेट्टाइने हुँदा उनी पनि यो पेसालाई बाईबाई  गर्ने निर्णयमा पुगेकी छिन्।



Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved