Headlines News :
Home » » जर्मनीमा धीरज राईको एकल सांगीतिक साँझ (फोटो फिचरसहित)

जर्मनीमा धीरज राईको एकल सांगीतिक साँझ (फोटो फिचरसहित)

Written By Unknown on Friday, November 2, 2012 | 4:29 AM

लक्ष्मण गैरे
एनराभे । नेपाली पप गायक धीरज राईले जर्मनीमा आफ्नो एकल सांगीतिक साँझमा आफ्ना दर्जनौ गीतहरु प्रस्तुत गरेका छन् । नेपाली विद्यार्थी समाज एनराभे जर्मनीले आयोजना गरेको बडा दशै कार्यक्रममा गायकक धीरज राईले आफ्नो एकल प्रस्तुती दिएका हुन्।
 पहिलो पटक एकल सांगीतिक प्रस्तुती लिएर यूरोप भ्रमणमा रहेका गायक धीरज राईले जर्मनीको नर्थराइन वेष्टफालेन राज्यमा गएको सोमवार बेजोड प्रस्तुती दिएका हुन। बडादशै कार्यक्रममा गायक राईले आफ्ना सुपरहिट गीतहरु गाएका थिए। राईका वन साइडे लब, तिम्रा नयन, लुकीलुकी, सम्झेर फेरी किन तिमीलाई, दोधारमा छु जस्ता गीतहरुमा जर्मनीमा रहेका नेपालीहरु तथा नेपाली बिद्यार्थी झुमेका थिए।
नेपाली बिद्यार्थी समाजले आयोजना गरेको उक्त कार्यक्रममा धीरज राईका सैया शुभचिन्तकहरुको उपिस्थी थियो। कार्यक्रममा नेपाली विद्यार्थी समाजका संयोजक ज्ञानेन्द्र गौतमले समाजका तर्फबाट गायक धीरज राईलाई बिशेष सम्मान गरेका थिए। यसैगरी बडादशै कार्यक्रममा स्थानिय कलाकारहरु सुनिल हमाल, नोर्बु गुरुङ ,सुमन रेग्मी तथा प्रबिण प्रसाई आदीको बेजोड प्रस्तुती रहेको थियो।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved