नयाँदिल्ली (एएफपी), कार्तिक १८ - वयस्कका लागि प्रकाशित हुने पत्रिका प्लेब्वायले भारतको उत्तरी गोवाको क्यान्डोलिम बिचमा डिसेम्बरमा पहिलो क्लब खोल्न गइरहेको छ । बिचको २२ हजार वर्गफिटमा खोलिने यो पहिलो क्लब हुने प्लेब्वाय लाइफ स्टाइल प्रमुख कार्यकारी सञ्जय गुप्ताले बताए । भारतमा अश्लील सामग्री सम्बन्धी कानुनका कारणले प्लेब्वाय जस्ता थुप्रै पत्रिका प्रतिबन्धित छ । भारतीय र्फम प्लेब्वाय लाइफ स्टाइलको योजना तीन वर्षमा आठ क्लब र दस वर्षभित्र १२० क्लबका साथै बार, पसल र क्याफे खोल्ने लक्ष्य छ । एक विशेष खालको खरायो प्लेब्वायको चिनारी हो । यो र्फमले गोवामा भारतको परम्परासँग मेल खाने खरायोलाई लोगोको रूपमा प्रयोग गर्ने जनाएको छ ।
Home »
International News
» भारतमा प्लेब्वाय क्लब
भारतमा प्लेब्वाय क्लब
Written By Unknown on Saturday, November 3, 2012 | 1:42 AM
Labels:
International News



No comments:
Post a Comment