Headlines News :
Home » » २० वर्षीय युवतीको कुमारीत्व लिलामीमा

२० वर्षीय युवतीको कुमारीत्व लिलामीमा

Written By Unknown on Sunday, November 4, 2012 | 3:36 AM

ब्राजिलकी एक युवतीले आफ्नो कुमारीत्वलाई लिलामी गर्ने निर्णय गरेकी छिन् । २० वर्षीया विद्यार्थी कैटरिना मिगलियोरिनीले आफ्नो गरिब परिवारको लागि घर बनाउने हेतुले आफ्नो कौमार्य लिलाम गर्ने निर्णय गरेकी हुन् ।बेलायती अखबार डेलीमेलको रिपोर्ट अनुसार हाल कैटरिनाको कुमारीत्वको लिलामी मूल्य ९५ हजार ४ सय पाउण्ड तय गरिएको छ । कैटरिनाको कुमारीत्व लिलामीबाट प्राप्त रकम एक गैरसरकारी संस्थालाई जानेछ, जसले कैटरिनाका परिवारका लागि दक्षिणी बाज्रिलमा एक आधुनिक घरको निर्माण गर्नेछ ।

कैटरिनाको यस फैसलापछि उनलाई वेश्याको आरोप पनि लाग्यो । उनले आफूलाई लगाएको वेश्याको आरोपको खण्डनगर्दै आफू सधै साँचो प्रेममा विश्वास गर्ने युवती भएको तर्क गरेको जनाइएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved