१९ कात्तिक, बाँके । शिक्षा मन्त्री दिनानाथ शर्माले विपक्षी दलले राष्ट्रपतिलाई उस्काएर मुलुकलाई प्रतिगमनतर्फ धकेल्न खोजेको आरोप लगाउनु भएको छ । नेपालगन्जमा क्रान्तिकारी पत्रकार संघ बाँकेले आइतवार विहान गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिपक्षीको उक्त अभियान सफल हुन नदिने पनि स्पष्ट पार्नुभयो ।
शर्माले भन्नुभयो ‘जसरी हिजो तुलसी गिरीहरुले उक्साएर राजा ज्ञानेन्द्रले प्रतिगमनलाई चुलिमा पुर्याएका थिए । त्यसै गरी आज विपक्षी राजनीतिक दलहरु राष्ट्रपतिलाई उक्साएर प्रतिगमन तर्फ लाग्न उदृत पार्दैछन् ।’
उहाँले कुनै दल विषेशको नाम नलिएरै राष्ट्रपतिलाई प्रतिगमनमा लाग्न अभिप्रेरित गर्नुभन्दा सहमतिमा संविधान सभाको पुनःस्थापना वा विघटित संविधानसभाले गरेका उपलव्धीहरु संस्थागत गर्दै पहिचान सहितको संघियता हुने गरी संविधान घोषणा गरेर चुनाव मै जाँदा उपयुक्त हुने दावी गर्नु भयो ।
मन्त्री शर्माले आफ्नो पार्टीको अडान संविधान जारी नहुँदासम्म बर्तमान सरकार नै यथावत रहने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’यथास्थितिमा यो सरकार छोड्ने कुरा आउदैन । अहिले त्यतिकै छोड्ने हो भने राष्ट्र नै अन्यौलको अवस्थामा जान्छ त्यसैले जतिसक्यो चाँडो सहमतिमा राष्ट्रिय निकास खोजौ ।’
मन्त्री शर्माले निधारित समयमै सहमतिबाट पूर्ण बजेट ल्याउने दाबी गर्नुभयो ।



No comments:
Post a Comment