Headlines News :
Home » » ओलीलाई आज भारत लगिँदै

ओलीलाई आज भारत लगिँदै

Written By Unknown on Sunday, November 4, 2012 | 12:48 AM


१९ कात्तिक, काठमाण्डौं । नेकपा एमालेका बरिष्ठ नेता केपीशर्मा ओलीलाई थप उपचारका लागि आज दिल्ली लैजाने तयारी भइरहेको छ ।
उहाँलाई एयर उम्बुलेन्सबाट भारतको एपोलो अस्पतालमा लगिने एमालेले बताएको छ । एयर एम्बुलेस्नका लागि पैसा डिपोजिट भइसकेको र आकाशको मौसम अनुसार एक बजेसम्म कुनैपनि बेला लैजान सकिने तयारी गरिएको छ । ओलीलाई अस्ति नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । नर्भिक अस्प्तालका अनुसार उहाँको स्वास्थ्यमा सुधार देखिएको छ । फोक्सोमा भएको समस्याका कारण देखिएको निमोनिया, ज्वरो र स्वासप्रश्वास नियन्त्रणमा आएको अस्पतालका उप-निर्देशक आरपी मैनालीले जानकारी दिनुभयो ।
स्वास्थ्यमा सुधार देखिएपनि यसअघिका सबै उपचार दिल्लीमा भएकाले आज थप उपचारका लागि दिल्ली लैजान लागिएको उहाँको पारीवारीक स्रोतले जनाएको छ । दिउँसो एक बजेसम्म एयर एम्बुलेन्सबाट ओलीलाई दिल्ली लगिने तयारी भइरहेको एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
ओलीको अवस्थाका बारेमा जानकारी दिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज विहान नर्भिक अस्पतालमा पुग्नुभएको थियो ।
नेता अधिकारी पनि अस्पताल भर्ना
यसैबीच नेकपा एमालेका नेता भरतमोहन अधिकारी पनि बिरामी भएर अस्पताल भर्ना हुनुभएको छ । नवलपरासीमा भएको एक कार्यक्रममा सहभागी हुन जानुभएका अधिकारी अस्वस्थ भएपछि चितवनको मेडिकल कलेजमा भर्ना गरी उपचार भईरहेको एमालले जनाएको छ । अधिकारीलाई उच्च रक्तचाप भएको उहाँको पारिवारीक स्रोतले जनाएको छ 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved