१९ कात्तिक, काठमाण्डौं । चिनियाँ कंग्रेसको महाधिवेसनलाई ध्यानमा राखेर आजदेखि सर्वसाधारणलाई चीन प्रवेशमा रोक लगाइएको छ । अध्यागमन कार्यालय कोदारीले चीन सरकारको अनुरोधमा आगामी मंसिर १० गतेसम्मका लागि सर्वसाधारणलाई प्रदान गरिँदै आएको एक दिने प्रवेश अनुमति पत्र जारी नगर्ने जानकारी दिएको छ ।
दुवै मुलुकका सीमा अधिकारीबीच शनिबार खासामा भएको बैठकमा चिनियाँ पक्षले गरेको अनुरोधका आधारमा प्रवेश रोक लगाइएको जानकारी अध्यागमन प्रमुख जगनाथ शर्माले जानकारी दिनुभयो ।
दोलखा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका सीमा क्षेत्रका अधिकारीको उपस्थितिमा भएको बैठकमा चिनियाँ पक्षले सुरक्षाका लागि आफ्नो अनुरोध स्वीकार गर्न आग्रह गरेको थियो । कंग्रेसको महाधिवेशन नोभेम्बर ८ देखि सुरुहुँदैछ ।


No comments:
Post a Comment