Headlines News :
Home » » एक अमेरिकी सैनिकद्वारा १६ ग्रामिणको हत्या

एक अमेरिकी सैनिकद्वारा १६ ग्रामिणको हत्या

Written By Unknown on Sunday, November 4, 2012 | 1:18 AM


वासिङटन, कार्तिक १९, अफगानिस्तानमा भएको एक घटनाक्रममा अमेरिकी सैनिकहरूले १६ जना  ग्रामिणहरूको हत्या गरेका छन् । जसमा ९ जना बालबालिकाहर समेत रहेको कुरा अधिकारीहरूले बताएका छन् । आरोपी सैनिकलाइ सोमवार अदालतमा उपस्थित गराइनेछ । त्याहाँ ती सैनिकलाइ कोर्ट मार्शल गर्ने विषयमा पनि फैसला हुने बताइएको छ ।
स्टाफ सर्जेन्ट राबर्ट बेल्सलाइ पांच नोभेम्बरबाट १६ नोभेम्बरका बिचमा अदालतको प्रक्रियामा उपस्थित गराइने बताइएको छ ।  मीडियाहरूले दिएको समाचार अनुसार मृतकहरूका आफन्तहरू तथा प्रत्यक्षदर्शीहरू र कान्धार स्थित अमेरिकी वायुसेना शैन्य शिविरको भिडियो लिङ्कको आधारमा यस घटनाको अदालतमा प्रमाण पेश गरिनेछ ।
बेल्स (३९) माथि ११ मार्चको रातमा कान्धार प्रान्तको पन्जवाइ जिल्लामा रहेको सैन्य शिविर बाट बाहिर निस्केर यो हत्याकाण्ड मच्चाएको आरोप लगाइएको छ । यस घटनामा मारिएका हरूमध्ये नौ जना बालबालिकाहरू समेत रहेका छन् । उनले केही शवहरूलाइ आगो लगाएका थिए ।
अफगानिस्तानमा एक दशक देखि जारी संघर्षमा यो हत्याकाण्डलाइ कुनै अमेरिकी सैनिक द्वारा गरिएको सबैभन्दा वीभत्स अपराध मानिएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved