Headlines News :
Home » » रेस्टुरेँन्ट तथा होटलमा छापा, १४ युवा युवती पक्राउ

रेस्टुरेँन्ट तथा होटलमा छापा, १४ युवा युवती पक्राउ

Written By Unknown on Sunday, November 4, 2012 | 1:28 AM

महानगरीय प्रहरी वृत्त थिमीले अरनिको राजमार्गखण्डअन्तर्गत सडक दायाँबायाँ खुलेका विभिन्न होटल तथा रेस्टुरेँन्टमा छापामारी १४ जनालाई नियन्त्रणमा लिएको छ। राजमार्गमा रहेका दुई रेस्टुरेँन्टमा छापा मारी सात युवक र सात युवतीलाई नियन्त्रणमा लिइएको हो।
अरनिको राजमार्गखण्डअन्तर्गत लोकन्थलीदेखि साँगासम्मको राजमार्ग दायाँबायाँ खुलेका होटल तथा रेस्टुरेँन्टहरु देहव्यापार गर्ने थलोका रुपमा परिणत भएको गुनासो आएपछि प्रहरीले आज छापा मारी देहव्यापारमा संलग्न रहेका अवस्थामा सात पुरुष र सात महिलालाई नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
प्रहरीले मध्यपुरथिमी नगरपालिका-१३ स्थित बाराही होटल मध्यपुर थिमी-१४ स्थित फूलबारी रेस्टुरेँन्ट र गठ्ठाघरको मिड वे क्याफे एन्ड रेस्टुरँेन्टमा छापामारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका महिला, पुरुष र होटल सञ्चालकलाई आजै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved