Headlines News :
Home » » लभर्सले फकाएपछि सर्‍यो ‘समय’

लभर्सले फकाएपछि सर्‍यो ‘समय’

Written By Unknown on Sunday, November 4, 2012 | 1:13 AM


नेपाली चलचित्रको प्रदर्शन मिति तय गर्नु र केही समयपछि पर सार्नु निर्माताहरुको रहर नै बन्न थालेको छ । चलचित्रको प्रदर्शन मिति तय गर्दा र पर सार्दा राम्रै प्रचार पाउने भएपछि निर्माताहरु दर्शक झुक्याउन लालयित भएका हुन् ।
चलचित्रको छायांकन सुरु गर्दा नै प्रदर्शन मिति तय गर्ने धेरै निर्माताहरु पब्लिसिटी नपुगेको भन्दै पछि हट्ने गरेका छन् । यसैक्रममा मंसिर ८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भनिएको चलचित्र ‘समय’ अन्ततः उक्त मितिमा प्रदर्शनमा नआउने भएको छ ।
निर्माता सन्देश श्रेष्ठले दिएको जानकारी अनुसार चलचित्र ‘थ्री लभर्स’ सँग सहकार्य गरेर ‘समय’ को मिति पछि सारिएको हो । सन्देशले आफ्नो चलचित्र माघ महिनामा प्रदर्शनमा आउने बताए ।
राजेश हमाल, मौसमी मल्लका साथमा नव नायक विक्कीले अभिनय गरेको यो चलचित्रले दुइ पुस्ताबिच समयले ल्याउने भिन्नतालाई देखाउन खोजेको छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved