काठमाडौं, कार्तिक २० सरकारी स्वामित्वबाट मुक्त भएका साझा यातायातको व्यवस्थापन समितिले करिब साढे तीन करोड रुपैयाँको लगानीमा १६ वटा बस सञ्चालनको तयारी गरेको छ । तीन महिनाभित्र काठमाण्डौं उपत्यकामा दुई रुटमा चल्ने बसले बिहान देखि राति १० बजेसम्म यात्रुलाई सेवा दिनेछ ।
बस सञ्चालन गर्न साझाले सिप्रदी ट्रेडिङसँग तीन करोड ३५ लाख रुपैयाँको सम्झौता गरिसकेको प्रवन्धक महेन्द्रराज पाण्डेयले जानकारी दिएको छ । सहरी सार्वजनिक यातायातको मापदण्डअन्तर्गत सुलभ, सुरक्षित र नियमति सेवा पुर्याउने योजनाका साथ साझाले फेरि सेवा सुरु गरेको हो ।

No comments:
Post a Comment