Headlines News :
Home » » एयर एम्बुलेन्सबाट ओलीलाई भारत लगिँदै

एयर एम्बुलेन्सबाट ओलीलाई भारत लगिँदै

Written By Unknown on Saturday, November 3, 2012 | 1:18 AM


काठमाडौ, कार्तिक १८ - सिकिस्त बिरामी भएर अस्पताल भर्ना भएका एमाले नेता केपी ओलीलाई थप उपचारका लागि शनिबार भारत लगिँदैछ ।
ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार एयर एम्बुलेन्सबाट भारतको मेदान्त अस्पताल लगिनेछ । उनको स्वास्थ्य स्थिर भएकाले थप उपचारका लागि मेदान्त अस्पताल लैजाने निर्णय चिकित्सकले गरेको आचार्यले बताए । 
ज्वरो र रुघाखोकीले बिरामी भएपछि ओली शुक्रबार साँझ नर्भिक अस्पताल भर्ना भएका थिए । 
उनको उपचारमा संलग्न डा. भरत रावतले ओलीको फोक्सोमा निमोनिया देखिएको र त्यसले गर्दा रगतमा अक्सिजनको कमी भएको बताए । 'उहाँको स्वास्थ्यमा हिजो भन्दा  केही सुधार आएको छ, बिहान उहाँ होसमा आउनु भएको छ,' रावतले भने 'उहाँलाई अझ ४८ घन्टा सघन उपचार कक्ष (आईसीयू)मा राखेरै उपचार गरिनेछ ।' उनलाई बाहिरी भेन्टिलेटरमा राखेर पनि उपचार गरिदैंछ । 
ओलीको स्वास्थ्यस्थित बुझ्न प्रधानमन्त्री बाबुराम भट्टराई तथा कांग्रेस उपसभापति रामचन्द्र पौडेल बिहानै नर्भिक अस्पताल पुगेका थिए । ओलीको स्वास्थ्य बारे बुझ्न अस्पतालमा बिहानैदेखि भिड लागेको छ । 
केही समय अगाडि अमेरिकामा रहेका ओली उतै बिरामी भएपछि उनी त्यहीको अस्पतालमा भर्ना समेत भएका थिए । उनको केही वर्षअघि मृगौला प्रत्यारोपण भएको थियो । 

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved