नेपाली सिनेमा भित्र फरक फरक बिषयबस्तुको खोजी भइरहेका छन् । तर बिषयबस्तुको खोजी गर्ने क्रममा अश्लिलता भित्रिएका पनि छन् । ‘द लास्ट किस’ निर्देशन गरेका निर्देशक बी.बी फुँयालले निर्देशन गरेको दोश्रो चलचित्र ‘लभ यू म्यान’ मा केटा केटा बिचको प्रेमलाइ देखाउन खोजिएको छ ।
जेनियुम फिल्मस्को व्यानरमा तयार भएको यो चलचित्रलाइ युवराज खत्रीले निर्माण गरेका हुन् । चलचित्रमा राज आर्यन, प्रनिशा सिलवाल, सुरेश चौधरी लगायतका कलाकारको मुख्य भूमिका छ ।
मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘फुल चुडेर लग्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा चलचित्रका मुख्य कलाकारले अभिनय गरेका छन् । विशेषगरी चलचित्रका वियोगान्त गीतमा नायिकालाइ नपाएपछि नायकले पोख्ने पिडालाई देखाइएको हुन्छ । यो गीतमा भने नायकले नायक नपाएपछि पोखेको पिडा देखाइएको छ ।



No comments:
Post a Comment