Headlines News :
Home » » छोराको जन्मदिनमा विपनाको मुस्कान

छोराको जन्मदिनमा विपनाको मुस्कान

Written By Unknown on Sunday, November 4, 2012 | 1:00 AM

चलचित्र क्षेत्रमा आफ्नो क्रेज हराउदै गएपछि नायिका विपना थापाले लगनगाँठो गासिन् । भारतीय नागरिकसँग बिहे गरेर उत्तै बस्न थालेपछि नायिका थापा नेपाली दर्शक र चलचित्र उद्योगका लागि संझना मात्र बनेकी छिन् ।
उनै नायिका थापा छोराको जन्मदिनको अवसरमा काठमाण्डौको दरबारमार्ग स्थित एक रेष्टुरेण्टमा भेटिइन् । विपनाका छोरा कुसाग्रको जन्मदिनको अवसर पारेर विपनाले आफ्ना पुराना सहकर्मीहरुलाइ डाकेकी थिइन् । विपनाको निमन्त्रणामा कुसाग्रलाई शुभकामना दिन नायकहरु दिलिप रायमाझी, सुशिल क्षेत्री, श्रीकृष्ण श्रेष्ठ, नायिकाद्धय झरना थापा, अरुणिमा लम्साल पुगेका थिए ।
विपना कुनै समय नेपाली सिनेमा क्षेत्रकी चर्चित र नम्बर १ नायिका थिइन् । उनले अभिनय गरेका अधिकांश सिनेमाले निर्माताको लगानी राम्रैसँग फिर्ता गराएका छन् । विपनाको जोडीको रुपमा देखिने दिलिप रायमाझी र सुशिल क्षेत्रीको क्रेज पनि अहिले चलचित्र क्षेत्रमा हराएको छ ।
विपनाको नृत्य प्रशिक्षक समेत रहेका दिलिपलेे दोस्ती संझदै भने, ‘उनलाई म धेरै नै संझन्छु । तर नेपाल बाहिर भएकाले विपना मेरो लागि सपना जस्तै बनेकी छिन् । ‘विपना, दिलिप र शुशिलले अभिनय गरेको चलचित्र ‘मुस्कान’ अझै पनि नेपाली दर्शकका दिमागमा ताजै छ ।
जन्मदिनको खुशियाली साट्दै गर्दा नायिका अरुणिमा लम्साल र विपना मिडियाको क्यामेराले घेरिएका थिए । क्यामेराको बिचमा घेरिदा विपनाले चलचित्रको पि्रमियर जस्तै लागेको बताइन् । अब सिनेमा खेल्ने कि नखेल्ने भन्ने प्रश्नमा विपनाले असम्भव केही नभएको बताइन् । छोराको जन्मदिनमा आफ्ना पुराना साथीहरुलाई भेट्न पाउँदा विपना खुबै खुशि देखिन्थिन् ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved