Headlines News :
Home » » करिव दुई कुइन्टल गाँजासहित सातजना पक्राउ

करिव दुई कुइन्टल गाँजासहित सातजना पक्राउ

Written By Unknown on Saturday, November 3, 2012 | 12:47 AM


१८ कात्तिक, हेटौँडा । एक सय ८५ किलो अबैध गाजासहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । स्थानीय बासिन्दाको सुराकीको आधारमा प्रहरीको गस्ती टोलीले शनिवार मकवानपुरको पश्चिम भेगमा पर्ने राक्सीराङ- ८ थोप्लासीको जङ्गलबाट हेटौँडातर्फ ल्याउँदै गरेको अवस्थामा विहान करिव तीन बजेतीर उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा मकवानपुरको काँकडा- ४, बस्ने वर्ष ३७ का कान्छा थिङ, वर्ष ४० का भेल लामा, वर्ष १३ का बाबु घलान, वर्ष २५ का राजु प्रजा, वर्ष २५ कै कल्याणराज प्रजा, वर्ष ४० का धर्मराज प्रजा र वर्ष २२ का विजय लामा रहेका छन् ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved