Headlines News :
Home » » बाबुलाई फ्यानले बोकेपछि

बाबुलाई फ्यानले बोकेपछि

Written By Unknown on Sunday, November 4, 2012 | 1:03 AM


प्रोड्युसरहरुको कथालाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘प्रोड्युसर’ को छायांकन सकिएको छ । काठमाण्डौको हिरारत्न हलमा चलचित्र भित्रको चलचित्रको पि्रमियर गर्दै छायांकन सकिएको घोषणा गरिएको हो । सिनेमा भित्रको सिनेमाको पि्रमियर कार्यक्रममा नायक भुवन के.सी, नायिका मौसमी मल्ललाई देखाइएको छ ।
यस्तै, चलचित्र भित्र केही पत्रकार तथा दर्शकलाई समेत उतारिएको छ । चलचित्रको छायांकनमा पुगेका दर्शकहरुले नायक बाबु बोगटीलाई बोकेर उचालेका थिए । तर चलचित्रको एक गीतको छायांकन भने बाकी नै छ । उक्त गीत समयअनुकुल मिलाएर छायांकन गरिने निर्माणपक्षले बताएको छ ।
जनकदिप पराजुलीको निर्देशनमा तयार भएको यो चलचित्रलाई निर्माता संघका अध्यक्ष राजकुमार राइले निर्माण गरेका हुन् । चलचित्र भित्र नायक बाबु बोगटी प्रोड्युसरको भूमिकामा देखिदैछन् । चलचित्रमा श्याम अर्याल, स्वेता भट्टराई, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको प्रदर्शन नयाँ बर्षको सेरोफेरोमा गरिने छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved