चलचित्र रागीनी एमएमएसको नयाँ संस्करण बन्ने भएको छ। यो चलचित्रको पहिलो संस्करण रागीनी एमएमएसको पवन कृपालीनीले निर्देशन गरेका थिए भने रागीनी एमएमएस २ भने भुषण पटेलले निर्देशन गर्ने भएका छ्। उनले यसअघि निर्देशन गरेको चलचित्र १९२० एविल रिटन्र्सले निकै चर्चा पाएको छ। यस चलचित्रले उनलाई ठुलै सफलता मिलेको थियो। निर्देशनको यात्रामा उनको लागि यो सफलता निकै महत्वपूर्ण हुने छ।
साथै उनले यतिखेर बक्स अफिसमा पनि राम्रै चर्चा पाईरहेका छन्। ‘रागीनी एमएमएस टुको निर्देशनको जिम्मेवारी भुषण पटेलाई दिएका छौं’ बालाजी मोशन पिक्चर्सका वितरण प्रमुख गीरीस जोहरले भने, ‘हामीले ‘रागीनी एमएमएसको अर्को संस्करणका लागि भुषण पटेललाई निर्देशकका रुपमा छनौट गरेका छौं।’ रागीनी एमएमएस टुमा क्यानडीयन पोर्न स्टार सन्नी लियोनलाई पनि देख्न सकिने छ।



No comments:
Post a Comment