Headlines News :
Home » » पुनःस्थापना अनाहक बहस

पुनःस्थापना अनाहक बहस

Written By Unknown on Sunday, October 28, 2012 | 12:49 PM


काठमाडौ, कार्तिक १३ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा पुनःस्थापनाको प्रस्ताव दोहोर्‍याइरहे पनि अन्य प्रमुख दलभित्र यो प्रस्तावका समर्थकहरू अल्पमतमा छन् । पुनःस्थापना पक्षधहरूले पनि दाहालको प्रस्ताव रणनीतिक मात्र हुन सक्ने आशंका गरेका छन् । माअेवादीले पटक- पटक कुरा फेर्ने र धेरै विकल्प एकसाथ खुला गरेकाले अन्य दलहरूलाई कुनचाहिं प्रस्ताव सही हो भन्ने पत्याउन गाह्रो भएको हो । प्रतिपक्षी एमालेले पुनःस्थापना अस्विकार गर्ने संस्थागत निर्णय नै गरेको छ भने कांग्रेसले पुनःस्थापनाकी निर्वाचन भन्नेमा ठोस निर्णय गरेको छैन ।
एमालेभित्र शीर्ष नेतृत्व चुनावकै पक्षमा छन् भने कांग्रेसमा पुनःस्थापनाको पक्षमा सानो समूह लागेको छ । निकासको विकल्प बारे पार्टीको औपचारिक निर्णय नहुँदा कांग्रेस नेताहरूले पुनःस्थपनाको पक्ष/विपक्षमा व्यक्तिगत धारणा राखिरहेका छन् । पार्टी सभापति सुशील कोइराला पुनःस्थापनाको विपक्षमा छन् भने आन्तरिक प्रतिस्पर्धामा दुई ध्रुवमा रहेका वरिष्ट नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेल यसको समर्थनमा छन् ।
'दुवै थरि नेताहरूले गल्ती बोल्नुभएको छैन,' कांग्रेसका पूर्व मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरे भन्छन्, 'केका लागि निर्वाचनमा जाने वा के सर्तमा पुनःस्थापना मान्ने भन्ने विषयमा केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्न ढिलाइ भएको छ ।'
पूर्व सभासहरूको एउटा समुह पुनःस्थापनाको पक्षमा सक्रिय भए पनि केन्द्रीय कार्यसमितिमा निर्वाचन पक्षधरको सहज बहुमत रहेको स्रोतको भनाइ छ । पुनःस्थापना पक्षपातीहरू प्रभावी छैन । सभापति कोइराला, माओवादीसँगको वार्ताका एक अगुवा शेखर होइराला, अजुर्ननसंह केसी सहितका नेताहरू पुनःस्थापनाको विवक्षमा छन् ।
पुनःस्थापनाको प्रस्ताव दाहालले अन्य दलहरूको आन्तरिक समीकरणलाई प्रभावित पार्ने र विवाद बढाउने मनसायले अघि बढाएको धेरैको विश्लेषण छ । 'अझै पनि बुझ्न नसके कांग्रेस-एमालेले प्रचण्डजीलाई कहिले बुझ्ने ?' कांग्रेस नेता घमिरेले भने, 'बालुवाटारमा सार्वजनिक भएयता उहाँले लिखित-अलिखित कति सहमति पालना गर्नुभयो ? सबै सहमति तोड्नेलाई अहिले कसले पत्याउने ?'
राजनीतिक संकटको निकासका लागि एमाओवादी अध्यक्ष दाहाल कत्ति पनि चिन्तित नभएको घिमिरेको ओरोप छ । 'उहाँको आत्मकेन्द्रित चिन्तनले समस्या पारेको हो,' उनले भने- 'उहाँले बाबुराम हटेपछि आफू कसरी प्रधानमन्त्री बन्ने त्यही चिन्ताबाट ग्रसित भएर पछिल्ला भेटघाट गरिरहनुभएको छ ।' दाहालले पछिल्लो पटक कुनै नयाँ प्रस्ताव नल्याएको र जेठ १४ गते उनले नमानेको विषय अहिले कार्यान्वयन गर्छु भनेर पत्याउने आधार नभएको उनी बताउँछन् । 'अहिलेको संवैधानिक संकटबारे त्यतिबेलै जानका गराएर रुपान्तरित संसद, मिलेका जति विषयमा संविधान लगायतका विभिन्न विकल्प हामीलेनै प्रस्तुत गरेका थियौ,' उनले भने- 'संविधान जारी गर्ने आधारका रूपमा जेठ २ गते भएका लिखित समति दाहालले ३ गतेनै अमान्य घोषित गर्नुभएको हो ।'
पुनःस्थापनाको प्रस्ताव अस्विकार गर्दै दोस्रो ठूलो प्रतिपक्ष दल ताजा जनादेशमा जाने एमाले संस्थागत निर्णय गरेको छ । 'यस विषयमा पार्टीभित्र कुनै विवाद छैन । पुनःस्थापनाको बौद्धिक वहसमा सहभागी हुन कोही नेता व्यक्तिगत रुचि हुन अलगै विषय हो,' महासचिव ईश्वर पोखरेल भन्छन् । तर अध्यक्ष भलनाथ खनाल निकटवर्ती पूर्व सभासद्हरुको एक समूह भने पुनःस्थपनाको अभियानमा सक्रिय छ । तर दाहालको अविश्वसनीय व्यवहारका कारण उनीहरुले समेत यसको पक्षमा खुला बहस गर्न चाहदैनन् 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved