Headlines News :

Latest Post

जंगली जनावरले खाएको अवस्थामा मानव हड्डिहरु फेला

Written By Unknown on Sunday, November 11, 2012 | 1:31 AM

काठमाडौं, कार्तिक २६ – पश्चिम चितवनको गीतानगरमा आइतबार जंगली जनावरले खाएको अवस्थामा केही मानव हड्डिहरु फेला परेका छन् । स्थानीय नवज्योति सामुदायिक वनमा वन्यजन्तुले खाएको अवस्थामा उक्त हड्डिहरु फेला पारिएको हो। हात, पाखुरा र बंगारा जस्ता मानव अंगहरु फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

सिराहमा गोली चल्यो

सिराह, कार्तिक २६ - सिरहाको मिर्चैयामा गोली चलेको छ । एकीकृत नेकपा माओवादीका स्थानीय नेता सर्वन यादवलाई लक्षित गरी गोली हानिएपनि कसैलाई गोली नलागेको प्रहरीले जनाएको छ । गोली चलाउनेमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट दुईवटा पेस्तोल र गोली बरामद गरेको छ 

आखिर के काट्यो त सेन्सरबोर्डले एटीएमको दृश्य ? (फोटो र भिडियोसहित)


सोनीया शर्मा र सविना कार्कीको मुख्य भुमिका छ । चलचित्र भित्र समावेश अधिकांश दृश्यहरुमा तिन नायिका र एक नायकको उत्तेजक प्रस्तुती हेर्न सकिन्छ । चलचित्रमा समावेश धेरैजसो दृश्य चलचित्र सेन्सर बोर्डले काटेको भनिएको थियो । तर एटीएमल युनिटले प्रचारका लागि तयार पारेको प्रोमोमा भने सिनेमाका सबैजसो दृश्यहरु देख्न सकिन्छ ।
हेर्नुहोस् एटीएमको नयाँ गीत

छरितो ज्यान बनाउँदै ज्याक्वेलिन


क्यानाडाका प्रशिक्षकबाट उनले तालिम लिइरहेकी छन्, उनको शरीर केही पातलो र बलियो हुनेछ,’ एक स्रोतले बताए।
उनले शरीरको मिहीन व्यायाम, नृत्य र स्टन्टको अलगअलग प्रशिक्षण लिइरहेकी छन्। शारीरिक लचकताका लागि उनले विक्रम योगा अभ्यास गरिरहेकी छन्। उनीद्वारा यसअघि अभिनित फिल्म ‘अलादिन’, ‘जाने कहाँ से आयी है’, ‘हाउसफुल’, ‘मर्डर २’ र ‘हाउसफुल २’ हुन्।
सन् २००८ मा बनेको ‘रेस’को दोस्रो भाग यस फिल्मको निर्देशन अब्बास मस्तानले गर्दैछन्। फिल्ममा सैफ अलि खान, जोहन अब्रहाम, दीपिका पादुकोण र अनिल कपुरको पनि अभिनय रहनेछ।

फेसबुकमा १९ लाख नेपाली


फेसबुकमा नेपाली प्रयोगकर्ताहरुको संख्या १९ लाख १९ हजार नाघेको छ । सामाजिक सञ्चालबारे अध्ययन गर्ने संस्था सोशल बेकर्सका अनुसार यदि हरेक प्रोफाइललाई एक जीवित व्यक्तिका रुपमा गणना गर्ने हो भने नेपालको कुल जनसंख्याको ६ दशमलव ६३ प्रतिशत मानिसले फेसबुक प्रयोग गर्ने गरेका छन् ।
फेसबुक प्रयोगकर्ताहरुमा सबैभन्दा बढी १८ देखि २४ वर्ष उमेर समूहका छन् । फेसबुक प्रयोयकर्तामा यो उमेर समूहका नेपाली ९ लाख २ हजार छन् । त्यसपछि २५ देखि ३४ वर्ष उमेर समूहका छन् । फेसबुकमा महिलाको तुलनामा पुरुषको संख्या बढी छ ।

बजेटको हानथापले राष्ट्रपति अप्ठेरोमा


२६ कात्तिक, काठमाडौं । संविधानसभा बिघटनपछिको राजनीतिक गतिरोध अन्त्य गर्ने उपायमा भौंतारिएका दलहरु यतिबेला बजेटको हानथापमा लागेका छन् । ऊबेलादेखि नै कुर्सीको हानथापमा लागेका दलहरुले अहिले बजेटलाई आफ्नो राजनीतिक दाउपेचको विषय बनाएका छन् । सत्तारुढ दल सहमति नभएपनि बजेट ल्याउन लागेको छ । सहमति बिना बजेट ल्याउन नपाउने भन्दै विपक्षी दलले राष्ट्रपतिलाई गुहारेका छन् ।
बिपक्षीले नमाने पनि सरकार पूर्ण बजेट ल्याउने तयारीमा छ र स्वीकृतिका लागि राष्ट्रपति समक्ष अध्यादेश पठाउने अन्तिम तयारीमा छ । सरकारलाई रोक्ने अरु कुनै उपाय नदेखेका बिपक्षी पार्टीहरु राष्ट्रपतिलाई गुहार्न पुगे । यो कदमपछि राष्ट्रपतिलाई विपक्षीले उचाले भनेर रुष्ट भन्दै आएका माओवादी लगायतका दलहरु झनै आक्रोशित भएका छन् । उनीहरु लौ हेरम् राष्ट्रपतिले कसरी बजेट अध्यादेश स्वीकृत नगर्दा रहेछन् भनेर भिड्ने सुरमै लागेका छन् । विपक्षी पनि लौ त कसरी गर्छ्न भनेर दाउ हेर्दैछन् ।
तर राष्ट्रपतिलाई अघि सार्ने कुरामा सवै बिपक्षीको एकमत छैन । सरकार बिरुद्ध आन्दोलनका अरु कार्यक्रममा साथ दिएपनि नेकपा-माओवादीले राष्ट्रपति गुहार्ने कामको बिरोध गरेको छ । यसकारण राष्ट्रपतिलाई अग्रसर बनाउने कांग्रेस, एमालेको अभियानमा सबै विपक्षी दल सहमत छैनन् ।
पटकपटक सहमति गर्न आग्रह गर्दै आएका राष्ट्रपति अहिले साँच्चै अप्ठेरो अवस्थामा पुग्नुभएको छ । बजेट स्वीकृत नगर्न पनि उहाँलाई गाह्रो छ । बजेट स्वीकृत नगरे मुलुक झन संकटमा धकेलिन्छ । सहमतिबिना आएको अध्यादेश स्वीकृत गरेमा पनि आफ्नै प्रतिबद्धता र विपक्षी दलको आग्रह बिपरीत हुन्छ ।
भोलिसम्म बाटो हेर्ने
बजेटमा सहमतिको लागि सत्तारुढ दलले आज र भोलि विपक्षीसँग गम्भीर बहस गर्ने तयारी गरेका छन् । जस अनुसार मुख्य सत्तारुढ दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व अर्थमन्त्री र मुख्य विपक्षी दलका शीर्ष नेताहरुसँग छलफल थाल्नुभएको छ । ‘सकभर सहमतिमै बजेट ल्याउन पहल हुन्छ, नभएपनि भोलि सरकारले बजेट ल्याउँछ’ माओवादी नेता देवेन्द्र पौडेलले भन्नुभयो ।

मनमोहक दृश्य

कास्कीको सारङ्कोटवाट देखिएको माछापुच्छ्रे हिमालको एक दृश्य 

लोप हुँदै

पोखराको वैदामस्थित एक घरमा दही मोथ्दै एक महिला । परम्परागतरुप यसरी दही मोथिने क्रम आधुनिक मेसिनका कारण लोप हुँदै गएको छ । 

केही यस्ता तस्वीर, जसले इतिहास रच्यो !


बल्र्ड प्रेस फाटो कन्टेस्ट २०१२ मा आएका तस्वीरहरुले हरेकलाई छोएको छ । प्रतियोगितामा हजारौं फोटोग्राफरले १ लाखभन्दा बढी तस्वीरहरु पठाएका थिए । युक्रेनका लागू औषध दुब्यसनीमा फसेकी सेक्स बर्कसदेखि जापानी सुनामीपछि हातमा आफ्नो छोरीको सर्टिफिकेट आमाको तस्वीरले जन्दगीको अनेक रुपलाई देखाएको छ । लण्डनको साउथ बैँक सेन्टरमा लाखौंबाट छानिएर अबार्ड जितेका तस्वीरहरुको प्रर्दशनी भएको छ ।
सबै तस्वीर सन् २०११ मा क्यामरामा कैद भएका हुन् । सर्वश्रेष्ठ फोटो ग्राफरका अवार्ड स्पेनिस स्यामुअल अरान्डाले हात पारे । उनले यमन सरकारविरोधी प्रदर्शनका क्रममा हानिएको असुर ग्यासमा रुमल्लिएका आफ्ना छोरालाई आँगालेकी एक आमाको तस्वीरका लागि पुरस्कार आएका हुन् । आउनुस् हामी पनि हेरौं सन् २०११ का उत्कृष्ट तस्वीरहरु ।
१. युक्रेनका लागू औषध दुब्यसनीमा फसेकी सेक्स बर्कस त्यसबेला मानिसहरुको आकर्षणको केन्द्र बनिन्, जब चुरोट तान्दै गरेको उनको तस्वीर फोटो ग्राफर ब्रेन्ट स्टिन्टर्नले आफ्नो क्यामारामा कैद गरे ।
२. सानै उमेरका बच्ची बाबुको उमेरका मानिसहरुसँग विवाह गर्ने गलत परम्परालाई देखाउँछ यो तस्वीरले । स्टेफेनले खिचेको यो यमनको तस्वीरले कन्टेम्प्रोरी इस्युमा पहिलो पुरस्कार पाएको छ ।
३. सेनेगलमा आयोजित फेसन शोका क्रममा लुगा सिलाउने ‘दर्जी’ का अगाडी एक मोडलले दिएको पोज । विन्सेन्टको यो तस्वीरले आर्ट एण्ड इन्टरटेन्टमेन्ट क्याटागोरीमा दोस्रो पुरस्कार हात पारेको छ ।
४. सीबड्सको अण्डा खोज्न खतरनाक पहाडमा चढेको पोलर बीयरको तस्वीर फोटो ग्राफर जेन्नी ए रोजले आफ्नो क्यामरामा कैद गरेका हुन् । यो तस्वीरले न्याचुरल सिंगल्स क्याटगोरीको पहिलो पुरस्कार पाएको छ ।
५. रुसको एक रेष्टुरेन्टमा गीत गाउँदै गरेकी गायिकाको यो तस्वीरले आर्ट र एन्टरटेन्टमेन्ट क्याटगोरीमा पुरस्कार पाएको छ । तस्वीर रोब होर्नसट्राको खिचेका हुन् ।
६. उत्तर कोरियाको राजधानी प्याङयाङस्थित एक भवनमा राखिएको संस्थापक नेता किम द्धितिय सुङ्गको तस्वीर । डमिर सागोल्जीको यो तस्वीरले डेली लाइफ विधामा पहिलो पुरस्कार हात पारेको छ ।
७.  लिबियाको बिद्रोहीविरुद्ध सेनाले बल प्रयोग गर्दाको तस्वीर ।
८. वर्षाका बीच भएको रग्बी खेलको भिडन्त ।
९.जुलाई २०११ मा चीनको शांघाईमा भएको बल्र्ड एक्युटिक्स याम्पियनसिपको क्रममा ड्राइभ अभ्यासको क्रममा खिचिएको तस्वीर । एडम पि्रटीको तस्वीरले स्पोटर्स स्टोरीमा दोस्रो पुरस्कार पाएको छ ।
१०.केन्यामा गैंडाको संख्यामा कमी आएको छ । यसको कारण बढ्दो चोरी शिकार । शिकारीहरुबाट बचाउन अब त्यहाँ गैडालाई सशस्त्र सुरक्षा गाडी राख्न थालिएको छ ।
११.जापानमा आएको सुनामी आँधीपछिको तस्वीर । तस्वीरमा एक आमा आफ्नो छोरीको ग्राजुएसन सर्टिफिकेट देखाएरहेका छिन् ।
१२. यमन सरकारविरोधी प्रदर्शनका क्रममा हानिएको असुर ग्यासमा रुमल्लिएका आफ्ना छोरालाई आँगालेकी एक आमाको तस्वीर । स्यामुअल अरान्डाले यही तस्वीरका लागि सर्बश्रेष्ठ फोटोग्राफरको पुरस्कार पाएका हुन् ।

बर्मामा शक्तिशाली भूकम्प, ६ को मृत्यु


२६ कात्तिक, काठमाडौं । बर्मामा आइतबार ६ दशमलव ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समाचार एजेन्सीलाई उदृत गर्दै एपीले जनाए अनुसार कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
बर्माको मध्य भागतिर स्थानीय समयअनुसार बिहान पौने ८ बजे गएको भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डमा समेत महसुस गरिएको थियो ।
भूकम्पको केन्द्र बर्माको दोस्रो ठूलो शहर मन्डाले शहरबाट करिब १ स य १७ किलोमिटरको दूरीमा जमिनभन्दा १० किलोमिटर तल रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पका कारण भौतिक संरचनाहरुमा क्षति पुगेको छ भने थुप्रो बौद्ध गुम्बा र स्तुपाहरु समेत भत्किएको अधिकारीहरुले बताएका छन् ।

पूर्व सभासद्को यौन शोषणमा परेकी किशोरी अपहरणमा भिडिओ सहित

Written By Unknown on Saturday, November 10, 2012 | 12:46 PM


Exchange Rate for 11 November, 2012


Exchange Rate for 11 November, 2012
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
86.57
87.17
European euro
1
110.50
111.26
UK pound sterling
1
138.46
139.42
Swiss franc
1
91.64
92.28
Australian dollar
1
90.22
90.85
Canadian dollar
1
86.60
87.20
Singapore dollar
1
70.80
71.29
Japanese yen
10
10.88
10.96
Chinese renminbi (Yuan)
1
13.88
13.97
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
12.97
Danish Krone
1
14.81
Hong Kong dollar
1
11.17
Saudi Arabian riyal
1
23.08
Qatari riyal
1
23.78
Thai baht
1
2.83
UAE Dirham
1
23.57
Malaysian ringgit
1
28.28

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

News Headlines

More Post »
Powered by Blogger.
 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved